वैशाख ८,२०८३ / ०२ : ४३ अपरान्ह / 2026-04-21 02:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोना संक्रमित गुल्मीका प्रधानाध्यापकको मृत्यु भएको छैन (विज्ञप्ति सहित)

      - ५ वर्ष अगाडि
      जेष्ठ ७,२०७७

      रूपन्देही, कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

      उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

      अस्पतालले ‘केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ’ भनेको छ 

      एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते क्रिम्सन अस्पताल आएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।

      यो समाचार चिनारी पोष्ट अनलाइनबाट पनि प्रकाशित भएकोले पाठकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ ।

      /pagegallery/202005202.jpg

        सम्बन्धित समाचारहरु