चैत १६,२०८० / ११ : २७ पूर्वान्ह / 2024-03-29 11:27 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्‍यु

      - ४ वर्ष अगाडि
      असोज ६,२०७६

      रुपन्देही,रुपन्देहीको सैनामैनामा डेङ्गुको सङ्क्रमणबाट एक महिलाको ज्यान गएको छ ।

      सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतवार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

      शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । रुपन्देहीमा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो ।

        सम्बन्धित समाचारहरु