मंसिर ४,२०७६ / ०६ : २१ पूर्वान्ह / 2019-11-20 06:21 am

        भक्तपुरमा १९७ जनालाई डेंगु

        - २२ घण्टा अगाडि
        असोज २,२०७६

         भक्तपुर, देशभरि फैलिएको डेंगु रोगले भक्तपुरमा माहामारीको रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा १९७ जनामा डेंगु रोग भएको पुष्टि भएको छ ।

        जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको जानकारी दिएका छन ।

        यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने बताए ।

          सम्बन्धित समाचारहरु