मंसिर ४,२०७६ / ०६ : २२ पूर्वान्ह / 2019-11-20 06:22 am

        ६० जिल्लामा डेंगुको संक्रमण, सरकार भन्छ अवस्था आपतकालिन छैन

        - २ महिना अगाडि
        असोज १,२०७६

        काठमाडौ, डेंगुको संक्रमण नियन्त्रणका लागि  सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै  चौतर्फी आलोचना भइरहेको छ । सरकारले भने रोग नियन्त्रणका लागि विभिन्न अभियान संचालन भइरहेको भन्दै अनावश्यक रुपमा आलोचना गरिएको गुनासो गरेको छ । सांसदहरुले पनि रोग नियन्त्रणको प्रयास नै नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्को विरोध गरेका छन् ।

        देशका झण्डै ६० जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको छ । डेंगुकै कारण ७ जनाको मृत्यु भइसकेको छ भने हजारौँको उपचार भइरहेको छ । नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । बुधबार संसदमा पनि यो विषयले चर्काचर्की जस्तै भएछ । प्रतिपक्षी दलका सांसदले मात्रै होइन, सत्तारुढ दलकै सांसदले पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवमाथि प्रश्नमाथि प्रश्न तेस्र्याए । 

        सांसदहरुको प्रतिक्रिया सुनेपछि मन्त्री यादवले आफ्नै दावी पेश गर्नुभयो । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको यादवले स्पष्ट पार्नुभयो । यादवले नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दै नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गर्नुभयो । 

        डेंगु लगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैया पठाईएको छ । त्यसैगरी, स्थानीय तहका विभिन्न जिल्लामा डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर मार्ने अभियान संचालन गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि भईरहेको छ । तर सरकारको यो प्रयास प्रभावकारी देखिएको छैन । मुलुकभरका १ सय १८ वटा अस्पतालबाट डेंगु सम्बन्धी तथ्यांक अध्यावधि गर्ने काम भईरहेको पनि भइरहेको छ ।

          सम्बन्धित समाचारहरु