मंसिर ४,२०७६ / ०६ : २० पूर्वान्ह / 2019-11-20 06:20 am

        पोखरामा सेतो पुतलीबाट आँखामा लाग्ने शापु रोगको प्रकोप

        - २ महिना अगाडि
        भाद्र ३१,२०७६

        पोखरामा सेतो पुतलीका माध्यमबाट आँखामा लाग्ने शापु रोगको प्रकोप देखा परेको छ । करिब २ बर्ष पहिला पनि सेतो कालाधर्के पुतलीको माध्यमवाट सर्ने यो रोगको प्रकोप पोखरामा देखिएको थियो । प्रत्येक जोर वर्षमा पोखरामा भदौ देखि कार्तिकसम्म देखिने सेतो पुतली नै यो रोगको कारक रहेको चिकित्सकहरुको भनाई छ । 

        सेतो पुतलीको झुस आँखामा परेपछि आँखाको ज्योति नै गुम्न सक्ने डरलाग्दो रोगको बारेमा धेरै त अनविज्ञ नै छन् । तर, बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले । दाहिने आँखा मिच्दामिच्दै रातो प¥यो । छोराले धमिलो देख्न थालेपछि उनकी आमाले छोरालाई धौलागिरि अञ्चल अस्पताल पुर्याइन् । त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । अहिले उनको पोखराको हिमालय आँखा अस्पतालमा उपचार भइरहेको छ ।

        पोखरा हिमालय आँखा अस्पतालमा पोखरा लगायत आसपासका  विभिन्न स्थानबाट उपचार गराउन शुरुमा ८ जना बिरामी आएका थिए भने हाल ३० जनाँ विरामीले उपचार गराइरहेका छन् । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न भने सकेको छैन । आँखा रोग विशेषज्ञका अनुसार हालमसम्म सेतो पुलती मोथ लाई सापुको कारकका रूपमा प्रायः जोडिने गरिएको छ । सेतो पुतलीको झुस आँखामा परेपछि आँखाको ज्योति नै गुम्न सक्छ ।

        पोखरामा उपचारका लागि आउनेमा १ महिनाका वच्चादेखि ५० बर्षसम्मका बृद्ध पनि छन् । यो रोग वढी ५ वर्ष मुनीका बालबालिकामा लाग्ने गरेको पाइएको छ ।  शापु रोग पहिलो पटक आजभन्दा ४४ बर्ष पहिला पोखरामा नै देखिएको थियो । सेतो काला धर्सा भएको पुतलीको खुट्टामा भएको पँहेलो टक्सिन हावाको माध्यमवाट आँखामा परेपछि आँखा दुख्ने र सुख्खा हुने यो रोगका लक्षण हुन् । 

          सम्बन्धित समाचारहरु