वैशाख ७,२०८३ / ०९ : ४२ पूर्वान्ह / 2026-04-20 09:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा एचआईभी संक्रमण घट्दै

      - २ हप्ता अगाडि
      मंसिर १४,२०८२

      काठमाडौं, विश्वभर एचआईभी÷एड्स एक दीर्घकालीन स्वास्थ्य चुनौतीको रूपमा रहेको छ । नेपालमा पनि यसबाट प्रभावित व्यक्ति थिए, तर सरकारी तथ्यांक अनुसार संक्रमणको दर क्रमशः घट्दै गएको छ 

       विश्व एड्स दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४,३३७ जनामा एचआईभी संक्रमण भएको जानकारी दिएका छन् । उनका अनुसार १५ वर्षमाथिका ३३,२७९ संक्रमितमध्ये १४,००० महिला र १९,२७९ पुरुष छन् । १५ वर्षभन्दा कम उमेरका १,०५८ बालबालिकामा पनि एचआईभी संक्रमण रहेको छ ।

      डा. शर्माले अझैपनि दैनिक रूपमा दुई नयाँ संक्रमित थपिइरहेका छन् भने एक जनाको मृत्यु एचआईभीका कारण भइरहेकै छ भनेका छन् ।

      नेपाल सरकारले सन् २०३० सम्ममा एड्स महामारी अन्त्य गर्ने लक्ष्य तय गरेको छ । यसअनुसार ९५ प्रतिशत मानिसले आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचार पाउने, र ९५ प्रतिशतको भाइरलोड नियन्त्रण गर्ने लक्ष्य रहेको छ ।

      डा. शर्माले आगामी वर्षभित्र देशभर एचआईभी संक्रमण विरुद्ध नयाँ रणनीति बनाउनु आवश्यक रहेको भनेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d