चैत ३०,२०८२ / १० : ३१ पूर्वान्ह / 2026-04-13 10:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेंगी संक्रमितको संख्या ५ हजार नजिक

      - २ हप्ता अगाडि
      असोज ८,२०८२

       काठमाडौं, डेंगीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

      इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा डेंगीको सङ्क्रमण देखिएको बताए । उनका अनुसार डोल्पा, हुम्ला र मनाङ जिल्लाबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ । संक्रमणबाट हालसम्म दुई जनाको निधन समेत भइसकेको छ ।

      तथ्यांकअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d