काठमाडौं, नेपालमा यो वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमणले भयानक रूप लिँदै गएको छ । यस रोगबाट गत शुक्रबारसम्म थप तीन जनाको मृत्यु भई ज्यान गुमाउनेको कुल संख्या तेयिस पुगेको छ ।
पछिल्लो तीन महिनामा मात्रै देशभरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी ८ जनाको मृत्यु लुम्बिनी प्रदेशमा भएकोले महाशाखाले लुम्बिनी प्रदेशलाई जापानिज इन्सेफलाइटिसको ‘हटस्पट’ को रूपमा देखाएको छ । त्यसैगरी, बागमती र गण्डकी प्रदेशमा ४–४ जना, कोशी र मधेश प्रदेशमा ३–३ जना तथा सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको छ ।
हालसम्म झापा, मोरङ, चितवन, कपिलवस्तु, प्यूठान लगायत १६ जिल्लामा संक्रमण र मृत्युका घटनाहरू पुष्टि भएका छन् । महाशाखाको विश्लेषणअनुसार, मृतकहरूमध्ये अधिकां जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलगाएका व्यक्तिहरू छन् । संक्रमित हुने अधिकांश व्यक्तिहरू धान खेत र बंगुर फार्म नजिक बसोबास गर्नेहरू पाइएको छ जुन क्युलेक्स लामखुट्टे पाईने प्रमुख स्थल हो ।
यसले ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन र खोप लगाउन छुटेका १५ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन महाशाखा अन्तर्गतको खोप शाखाले सबै अभिभावकलाई आग्रह गरेका छन् ।








