मंसिर २,२०८२ / ०३ : १५ अपरान्ह / 2025-11-18 03:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित

      - २ हप्ता अगाडि
      भाद्र १२,२०८२

      काठमाडौं, नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

      शाखाप्रमुख डाक्टर अभियान गौतमका अनुसार हाल १०३ जना सङ्क्रमित पुष्टि भएको छन् भने २० जनाको मृत्यु भईसकेको छ । डा. गौतमका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको छ ।

      सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुलीलगायतका ठाउँहरुमा मृत्यु भएको हो ।

      स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गदर्छ ।

      यसले गर्दा मस्तिष्कमा गम्भीर सङ्क्रमण हुने भएकोले बिरामीको मृत्यु हुने गरेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d