मंसिर २,२०८२ / ०४ : १४ अपरान्ह / 2025-11-18 04:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हैजाबाट १७१ डिस्चार्ज, २२० अझै अस्पतालमै

      - ३ हप्ता अगाडि
      भाद्र १०,२०८२

      वीरगञ्ज, हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको  हुनेहरूको संख्या बढेको पाइएको छ ।

      वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार हैजा र झाडापखलाका १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका हुन् ।

      ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । झाडापखला र हैजा गरी अझै २२० जना बिरामीहरू विभिन्न अस्पतालहरूमा उपचाररत भईरहेका छन् । सबैभन्दा बढी झाडापखला र हैजाका बिरामी नारायणी अस्पतालमा छन् ।

      उपचारपछि अस्पतालबाट हैजा र झाडापखलाका बिरामी डिस्चार्ज हुने क्रम बढे पनि हैजाका नयाँ बिरामी पुष्टि हुने क्रम भने रोकिएको छैन । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d