चैत ३०,२०८२ / १० : ४० पूर्वान्ह / 2026-04-13 10:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतमा फेला पर्यो दुर्लभ रक्त समूह ‘सी.आर.आई.बी.’

      - एक हप्ता अगाडि
      श्रावण १८,२०८२

      काठमाडौं, हालै भारतको बेंगलुरुमा बस्ने एक महिलामा अत्यन्तै दुर्लभ रक्त समूह फेला परेको छ, जसको नाम ‘सी.आर.आई.बी.’ राखिएको छ। यसमा ‘सी’ ले क्रोमर, ‘आई’ ले इन्डिया र ‘बी’ ले बेंगलुरु जनाउँछ।

      यो रक्त समूह यति दुर्लभ छ कि शल्यक्रियाको तयारीमा रहेका ती ३८ वर्षीया महिलाका लागि चिकित्सकहरूले रगतको परम्परागत सुरक्षित व्यवस्था समेत नगर्ने निर्णय गरे। कारण थियो– उनको रक्त समूह पहिचान हुन नसक्नु।

      बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सक डा. अंकित माथुरका अनुसार ती महिलाको रगत कुनै पनि ज्ञात रक्त समूहसँग मेल खाएन। परिवारका अन्य सदस्यहरूको रगत पनि नमिलेपछि नमुना बेलायतको ब्रिस्टलस्थित एक संस्थामा परीक्षणका लागि पठाइयो। यो प्रक्रिया पूरा हुन करिब १० महिना लाग्यो। परीक्षणपछि ती महिलाको रगतमा एक अद्वितीय एन्टिजेन भएको पुष्टि भयो। त्यसपछि नमुना अन्तर्राष्ट्रिय रक्त समूह विशेषज्ञ संस्था ISBT (International Society of Blood Transfusion) मा पठाइयो, जसले यसलाई ’सी.आर.आई.बी.’ नाम दिएको हो।

      डा. माथुरका अनुसार यो एन्टिजेन क्रोमर रक्त समूह प्रणाली अन्तर्गतको हो। यस प्रणालीमा हालसम्म २० वटा एन्टिजेन पहिचान भइसकेका थिए भने ‘सी.आर.आई.बी.’ अब २१औं एन्टिजेन बनेको छ।

      यस्ता दुर्लभ रक्त समूह भएका बिरामीहरूका लागि आपतकालीन उपचार चुनौतीपूर्ण हुन्छ। सामान्य रगत चढाएमा शरीरले त्यसलाई बाह्य तत्व मानेर एन्टिबडी उत्पादन गरी नष्ट गर्न थाल्ने हुँदा दुईवटा विकल्प मात्र रहन्छ– परिवारभित्रै यस्तै रक्त समूह भएको व्यक्ति खोज्नु वा शल्यक्रियाअघि बिरामीकै रगत संकलन गरी सुरक्षित राख्नु। 

      डा. माथुरका अनुसार यस्ता बिरामीहरू आफैंले कसैबाट रगत लिन सक्दैनन्, तर अरूलाई दिन भने सक्छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d