मंसिर २,२०८२ / ०४ : २७ अपरान्ह / 2025-11-18 04:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      क्यान्सरसम्बन्धी बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने

      - ४ महिना अगाडि
      असार २९,२०८२

      काठमाडौं, क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

      अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा औषधिसहितका सामग्रीहरू आज मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । 

      क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ । 

      स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ । 

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल भइरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d