काठमाडौं, काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँग भएको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो हून नसक्ने र त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताए । घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक दायित्वअन्तर्गत फोहरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भएको भनि सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रति शय्या प्रतिदिन ०.९९ किलो देखि १.७३ किलोसम्म फोहर उत्पादन हुन्छ जसलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ ।








