मंसिर २,२०८२ / ०३ : ४४ अपरान्ह / 2025-11-18 03:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देशभर फैलिँदै डेंगु संक्रमण, सबैभन्दा बढी कोशीमा

      - एक हप्ता अगाडि
      जेष्ठ २४,२०८२

      काठमाडौं, मनसुन सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएकोले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

      हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् । डेंगु सबैभन्दा बढी अबका चार महिना असार, साउन, भदौ र असोजसम्म अति जोखिमपूर्ण रहने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । 

      लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो । 

      २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भएकोमा १२ जनाको मृत्यु भएको थियो । २०२२ मा ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । जसमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

       यस्तै २०२३ मा कोशी प्रदेशमा डेंगु फैलिदा ५२ हजारभन्दा बढी संक्रमित भए जसमध्ये २० जनाको मृत्यु भएको थियो । र २०२४ मा ३५ हजार बढी संक्रमित हुँदा १३ जनाको मृत्यु भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d