मंसिर २,२०८२ / ०४ : ४९ अपरान्ह / 2025-11-18 04:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोभिड खोप ६५ वर्षमाथिकामा सीमित गर्ने

      - २ हप्ता अगाडि
      जेष्ठ १५,२०८२

      काठमाडौं,अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् ।

      गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीले महामारी अन्त्यका लागि महत्त्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा व्यक्तिमा सीमित गर्ने घोषणा गरेपछि यो परिवर्तन गरिएको हो ।

      ट्रम्प प्रशासनका अधिकारीहरूले यो परिवर्तनलाई बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूसँग अमेरिकालाई नजिक ल्याउनको लागि तयार पारेका छन् । ती मुलुकहरूले वार्षिक ‘बुस्टर खोप’हरू वृद्ध र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d