फागुन १,२०८१ / ०८ : ४४ पूर्वान्ह / 2025-02-13 08:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजदेखि देशभर सुरु भयो एचपीभी खोप अभियान

      - एक हप्ता अगाडि
      माघ २२,२०८१

      काठमाडौं,आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् ।

      प्रधानमन्त्री ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्रमा खटिएका काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले एचपीभी खोप अभियान शुभारम्भ गर्दै सरकारले नयाँ काम थालेको बताएका छन् । उनले पाठेघरको क्यान्सरलाई २०३० सम्ममा जनस्वास्थ्य समस्याको रुपमा नरहने गरी नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठनले आफ्नो लक्ष्य निर्धारण गरेकोले सो अभियान आजबाट सुरु भएको जानकारी गराए । 

      आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ७६८ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ । खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d