फागुन १,२०८१ / ०८ : १४ पूर्वान्ह / 2025-02-13 08:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्वास्थ्य बीमा रकम पाँच लाख पु¥याइने छ : मन्त्री पौडेल

      - २ हप्ता अगाडि
      माघ १४,२०८१

      काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पु¥याइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् । 

      ‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम पाँच लाख रुपैयाँ पु¥याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d