फागुन १,२०८१ / ०९ : १६ पूर्वान्ह / 2025-02-13 09:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने

      - २ हप्ता अगाडि
      माघ १०,२०८१

      काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेको छ । रगत बग्न नरोकिने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।

      यो रोगको औषधि र उपचार महँगो भएकाले निःशुल्क गराउन धेरै बिरामी तथा सरोकारवालाले सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत यो रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।

       विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री पौडेलले बताएका छन् । नेपालमा झन्डै ९ सय जना हेमोफिलिया रोगका बिरामी पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका बिरामी झन्डै ५ हजार जना रहेको अनुमान गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d