फागुन १,२०८१ / ०९ : १५ पूर्वान्ह / 2025-02-13 09:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      २७ हजार बढिमा डेङ्गी संक्रमण पुष्टि , ११ जनाको मृत्यु

      - २ हप्ता अगाडि
      कार्तिक १०,२०८१

      काठमाण्डौ, देशभर २७ हजार बढिमा डेङ्गी संक्रमण पुष्टिी भएको छ भने ११ जनाको ज्यान गइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो । 

      ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा एक हजार ५७  र भक्तपुरमा छ सय २८ जना गरी काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण गएको पुष १६ गतेदेखिको हो ।

       नेपालमा भदौ-असोज महिनामा धेरै संक्रमित देखिने गरेको भए पनि धेरैजसो महिना केही सङ्ख्यामा बिरामी देखिने गरेका छन् । देशका सहरी क्षेत्र हुँदै मध्य पहाड र पहाडी क्षेत्रका धेरै ठाउँमा डेङ्गी देखिने गरेको छ । प्रयोगशाला भएका धेरैजसो मेडिकलहरुलेसमेत डेङ्गी परिक्षण गर्ने गरेकाले सबै संक्रमितको विवरण मन्त्रालयमा नपुगेको हुन सक्ने मेडिकल व्यवसायीहरु बताउँछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d