असोज २८,२०८१ / ०७ : ४३ पूर्वान्ह / 2024-10-14 07:43 am
      • param ad
      • furniture
      • veera Incorporation

      छोराछोरी विदेशिएपछि झन्डै २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपना

      - एक हप्ता अगाडि
      असोज १६,२०८१

       काठमाण्डौ - छोराछोरी विदेशमा भएका ज्येष्ठ नागरिकका बीचमा काठमाण्डौ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१ दशमलव ७ प्रतिशत व्यक्तिमा गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । 

      यस्तै ६२ दशमलव ३ प्रतिशत व्यक्तिमा मध्यम खालको एक्लोपना र १५ प्रतिशत व्यक्तिमा कुनै पनि खालको भावनात्मक एक्लोपना नदेखिएको महानगरले जनाएको छ । उनीहरूले हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँचजस्ता पक्षमा हीनताबोध गरेका र यसै कारण एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ । 

      छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यको स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो ।

       सर्वेक्षणमा महानगरभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका सवै वडा समेटिने गरी पाँच सय नौ जनालाई सहभागी गराइएको थियो ।

        सम्बन्धित समाचारहरु