भाद्र २३,२०८१ / ०८ : १९ पूर्वान्ह / 2024-09-08 08:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      रौतहटमा अक्सिजनको अभाव हुँदा नवजात शिशुको मृत्यु

      - ४ दिन अगाडि
      भाद्र १८,२०८१

      रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । १ घण्टा अघिको खुसीको आसु , पिडामा परिणत भएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित इनरवारी स्वास्थ्य चौकीमा एक नवजात शिशुको आज बिहान मृत्यु भएको हो । 

      जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताए । उनी बौधीमाई नगरपालिकाको वडा नम्बर ४ निवासी हुन् । उनका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीमा छोरीको जन्म भएको थियो । 

      बर्थिङ सेन्टरमा जन्मिएको केही समयपछि शिशुको मुटुको चालमा समस्या आउँदा थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो । उपचारका लागि वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको इनरवारी स्वास्थ्य चौकीका इन्चार्ज अकलेश ठाकुरले बताए ।

      उनका अनुसार बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू तनावमा आए । त्यसपश्चात सबैको सल्लाह अनुसार शिशुलाई थप उपचारका लागि वीरगन्ज पठाउने निधो भयो । तर अस्पतालमा एउटा मात्र एम्बुलेन्स उपलब्ध थियो, जसमा हतारहतारमा लानुपर्ने भयो । दुर्भाग्य त्यो एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास नै रहेनछ । जस कारण बिच बाटोमा बच्चाको मृत्यु भएको हो ।

      बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अक्सिजन सिलिन्डरमा ग्यास अभाव नभएको प्रतिक्रिया दिए । बच्चालाई थप उपचारका लागि लैजाने क्रममा एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा ग्यास अभाव हुँदा शिशुको मृत्यु भएको उनले बताए । 

      बिहान करिब ५ बजे नवजात शिशुलाई वीरगन्जको तराई अस्पतालका चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d