भाद्र २३,२०८१ / ०८ : ०५ पूर्वान्ह / 2024-09-08 08:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      बाँकेमा झाडापखालाका कारण ४ जनाको मृत्यु, ७ बिरामी

      - ५ दिन अगाडि
      भाद्र १७,२०८१

      बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

      नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।

      भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका बताए ।

      झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d