भाद्र २३,२०८१ / ०८ : ३४ पूर्वान्ह / 2024-09-08 08:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      दूधकुण्डमा स्वास्थ्य शिविर : ४,६०० मिटर उचाइका समस्याहरूको समाधान

      - २ हप्ता अगाडि
      भाद्र ४,२०८१

      नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ स्थित प्रमुख धार्मिक स्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

      ४ हजार ६ सय मिटरको उचाइमा रहेको दूधकुण्डमा आउने तीर्थयात्रीहरूको उचाइसँग सम्बन्धित स्वास्थ्य समस्याहरूको ध्यानमा राख्दै भदौ १ देखि ३ गतेसम्म यो शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर दूधकुण्ड पुग्नको लागि कामुडाँडा र अन्य स्थानहरूमार्फत यात्रा गर्दा सञ्चालन गरिएको थियो ।

      उचाइका कारण उत्पन्न हुने टाउको दुखाइ, बान्ता, रक्तचापको वृद्धि, झाडापखाला, रिँगटा लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने जस्ता समस्याहरूको समाधानको लागि स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

      यस शिविरको सञ्चालनमा १० जना स्वयंसेवक सक्रिय रहेका थिए ।  औषधि, स्वयंसेवकहरूको खाना र आवास व्यवस्थापन, र अन्य सामग्रीहरूको व्यवस्थापन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d