भाद्र २३,२०८१ / ०९ : ०३ पूर्वान्ह / 2024-09-08 09:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      मङ्कीपक्सको खतरा : सुरक्षित बस्न आग्रह

      - २ हप्ता अगाडि
      भाद्र ३,२०८१

      मङ्कीपक्स एक प्रकारको भाइरस संक्रमण हो जुन प्रायः जंगली जनावर, जस्तै बाँदर, मुसा, वा अन्य स्तनपायी जनावरबाट मानवमा सर्न सक्छ । तर यो भाइरस सबैभन्दा पहिले जनावरबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । यस भाइरसले विशेषगरी अफ्रिकाका केहि देशहरूमा प्रकोप ल्याएको छ, हालैका वर्षहरूमा अन्य स्थानहरूमा पनि फैलन थालेको छ । र यो नेपालाको लागि पनि जोखिमपूर्ण छ ।

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्सको संक्रमणको जोखिम रहेको जानकारी दिएको छ । छिमेकी देश भारतमा मङ्कीपक्सका केसहरू तीव्र रूपमा बढिरहेका कारण नेपालमा पनि यसको जोखिम रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनले मन्त्रालयले मङ्कीपक्सको पूर्वतयारीको सम्बन्धमा विशेषज्ञहरूसँग परामर्श लिएको पनि जानकारी दिए ।

      मन्त्रालयले हवाई र सीमा नाकामा रहेको हेल्थ डेस्कलाई निगरानीमा राख्न र सङ्घ, प्रदेश र पालिकासँग समन्वय गर्न भनेको छ । सातै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनको लागि विशेष अस्पताल र चिकित्सक तोकिएको प्रवक्ता बुढाथोकीले जनाएका छन् ।

      हालै, अफ्रिकी देश कङ्गोमा मङ्कीपक्स भाइरसको घातक प्रकार ‘क्लेड १ वी’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी महिनादेखि यस भाइरसका कारण ५४८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्सको संक्रमणको वृद्धि भएको कारण विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको छ ।

      मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ, सुन्निन, ढाड र मांसपेशीहरूमा पीडा महसुस गर्न सकिन्छ । ज्वरो उच्च हुँदा शरीरमा बिमिरा देखापर्न सक्छन्, जुन प्रायः अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । यी बिमिरा निकै चिलाउने वा दुखाउने हुन सक्छन् ।

      मङ्कीपक्सको संक्रमण संक्रान्त व्यक्तिसँगको सम्पर्कमा आउँदा, घाउ, खटिरा वा बिमिराको सम्पर्कबाट, शरीरमा निस्केको तरल पदार्थ जस्तै थुक र ¥यालको सम्पर्कबाट, संक्रान्त जनावर जस्तै बाँदर वा मुसा लगायतको सम्पर्कबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न सक्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d