भाद्र २३,२०८१ / ०९ : १३ पूर्वान्ह / 2024-09-08 09:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोशी प्रदेशमा डेंगुको चुनौती, साउन महिनामा मात्रै ३३४ जनामा संक्रमण

      - ३ हप्ता अगाडि
      श्रावण ३१,२०८१

      विराटनगर, विगतमा जेठदेखि कात्तिकसम्म बर्खा मौसममा मात्र डेंगु संक्रमण फैलिने गरेकोमा केही वर्षयता बाह्रै महिना नयाँ केस देखिने गरेका छन्, मौसमी समस्या अब सदाबहार बनेको छ ।

      नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु मुख्यतः जेठदेखि कात्तिकसम्म संक्रमण फैलिने मौसमी समस्या थियो । तर, केही वर्षयता डेंगुले सदाबहार संक्रमण फैलिने रोगको रूप लिएको छ ।

       कोशी प्रदेशमा साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ ।कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगु सङ्क्रमित भएका छन् । डेंगुबाट एकजनाको मृत्यु समेत भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

      धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुङ्गामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् । मोरङको लेटाङ नगरपालिकामा सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d