भाद्र २३,२०८१ / ०९ : ४० पूर्वान्ह / 2024-09-08 09:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेंगुको प्रभाव कोशी प्रदेशमा धेरै, धरानमा मात्र ११ जनाको मृत्यु

      - १ वर्ष अगाडि
      श्रावण २५,२०८०

      धरान, बर्षा यामका कारा यसबर्ष पनि डेंगुको संक्रमण देशका बिभिन्न भागमा तिब्र गतिमा बढ्दै गएको डेंगुले कोशी प्रदेशमा धेरै प्रभाव पारेको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुशार डेंगुवाट संक्रमित हुनेको संख्या सबैभन्दा बढि  सुनसरी जिल्लामा देखिएको छ ।   

      धरानमा डेंगुकै कारण ११ जनाले ज्यान गुमाइसकेका छन्। अगाडीका केही वर्षहरूमा फाट्टपूmट्ट देखा परेको डेंगुले गत वर्ष ६० जना भन्दा बढिको ज्यान लिएको थियो भने हजारौ मानिसहरू बिरामी परेका थिए । यसरी बेमौसममा पूनः देखापरेको डेंगुलाई समयमै नियन्त्रणको पहल नगरे यसले गतवर्ष जस्तै धेरैको ज्यान लिन सक्ने बिज्ञहरु बताउछन् ।

      यसपालि दैनिक संक्रमित हुनेको संख्या नरोकिएपछि रोगको संक्रमण नियन्त्रण बाहिर छ। सुनसरीको इटहरी, रामधुनी र इनरुवामासमेत डेंगु संक्रमण फैलिएको छ।

      डेंगु संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरू बिरामीले खचाखच भरिएका छन्। अस्पतालमा समेत बेड अभाव हुन थालेपछि धरान–१३ वडा कार्यालय र सुनसरी एदोग वाणिज्य संघले डेंगु संक्रमितहरूको छुट्टै निःशुल्क उपचार सेवा सुचारु गरेका छन्। 

      सुनसरी उद्योग वाणिज्य संघले पनि आफ्नो कार्यालयमा डेंगु संक्रमित बिरामीको उपचारलाई सहज बनाउन कार्यालयमै अस्थायी क्लिनिक सञ्चालन गरी उपचार सेवा सञ्चालन गरेको वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले बताए। संघका सदस्य शैलेश आचार्यले वाणिज्य संघको हलमा दैनिक ५० जना बिरामीको निःशुल्क उपचार गर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए। 

      धरानका अधिकांश घरका सबै परिवार डेंगुबाट संक्रमित  छन्। दैनिक डेंगु संक्रमितको संख्या बढिरहेको अवस्थामा समेत धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको ठोस पहल गर्न नसकेको स्थानीयको गुनासो छ। धरानमा ३० हजारभन्दा बढी सर्वसाधारण डेंगु संक्रमित छन्।

      डेंगु संक्रमित बिरामीको संख्या वृद्धि भएपछि बीपी प्रतिष्ठानले छुट्टै डेंगु अस्पताल सञ्चालन गरी उपचारलाई सहज बनाएको प्रतिष्ठानका उपकुलपती प्रा।डा। प्रल्हाद कार्कीले बताए। उनले प्रतिष्ठानको आकस्मिक कक्ष र मेडिसन वार्डमा पनि डेंगु संक्रमित बिरामी भर्ना गरी उपचारलाई सहज पारिएको बताए। धरानमा दैनिक ५ सय बिरामी डेंगु संक्रमणबाट पीडित हुने गरेका छन्। 

      डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो एक प्रकारको ज्वारो हो । डेंगु एडिस एजेप्टाई नामक लामखुट्टेले टोकेर हुने तिब्र भाइरल संक्रमण हो । कोशी प्रदेशमा डेगुको संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले सम्बन्धित सरोकारवाला र आफ्ना मातहतका केन्द्रहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिदै आएको छ ।     

      डेंगु ज्वरोको औषधि नभएकाले उक्त प्रजातीको लामखुट्टेबाट बच्नु नै यसको मूख्य बतावटको उपाय हो । ज्वरो आएमा हेलचेक्राइ नगरी स्वास्थ्य समस्यामा पुगि हाल्न चिकित्सकहरूले सझाव दिएका छन् । 

      एडिस एजेप्टाई लामखुट्टेले दिउसोे टोक्ने भएकाले हिड्दा पुरा कपडा लगाउने, घर भित्र वा बाहिर पानी जम्न नदिने, घरमा प्रयोगदहुने भाँडाकुडा, गमला आदिमा लामो समयसम्म पानी खुल्ला नराख्ने सधैं फ्रिजको पछाडी भएको अलिकति खाली भागमा पानी जम्न नदिने । सुत्ने बेलामा झुलको प्रयोग गर्ने । यसरी लामखुट्टेबाट हरेक समय टाढै रहेमा डेंगुरोगबाट बच्न सकिन्छ ।        

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d