विराटनगर, बर्षा यामका कारा यसबर्ष पनि डेंगुको संक्रमण देशका बिभिन्न भागमा तिब्र गतिमा बढ्दै गएको डेंगुले कोशी प्रदेशमा धेरै प्रभाव पारेको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुशार डेंगुवाट संक्रमित हुनेको संख्या सबैभन्दा बढि सुनसरी जिल्लामा देखिएको छ ।
अगाडीका केही वर्षहरूमा फाट्टपूmट्ट देखा परेको डेंगुले गत वर्ष ६० जना भन्दा बढिको ज्यान लिएको थियो भने हजारौ मानिसहरू बिरामी परेका थिए । यसरी बेमौसममा पूनः देखापरेको डेंगुलाई समयमै नियन्त्रणको पहल नगरे यसले गतवर्ष जस्तै धेरैको ज्यान लिन सक्ने बिज्ञहरु बताउछन् ।
हालसम्म कोशी प्रदेशमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने सबै सुनसरी धरानका हुन् ।
यस्तै हालसम्म कोशी प्रदेशका १२ जिल्लामा डेंगुको संक्रमित देखिएका छन् । निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विभेचना चौंलागाईले दिएको जानकारी अनुसार हालसम्म कोशी प्रदेशभरमा ६ हजार ४६४ जनामा डेंगुको संक्रमण देखिएको छ ।
सबैभन्दा धेरै प्रभावित बनेको सुनसरी जिल्लामा मात्रै डेंगु संक्रमितको संख्या ४ हजार ५५८ पुगेको छ । यस्तै दोस्रो स्थानमा रहेको मोरङमा डेंगु संक्रमितको संख्या ९८१ रहेको छ । हालसम्म ताप्लेजुङमा ११, पाँचथरमा ५, इलाममा २५, झापामा ४५४, उदयपुरमा १६१, धनकुटामा १०८, भोजपुरमा ८४, संखुवासभामा ७८, तेह्रथुममा ५८ र खोटाङमा ४ जनामा डेंगु देखिएको छ ।
यसबीच डेंगुको इपिसेन्टर बनेको सुनसरीको धरानमा मात्रै डेंगु संक्रमितको संख्या ३ हजार २१३ पुगेको छ । धरान उपमहानगरपालिकाको जनस्वास्थ्य अधिकृत उमेश मेहताले दिएको शनिबारसम्मको तथ्यांक अनुसार परीक्षण गरिएका ५ हजार २४२ मध्ये ६१ प्रतिशतमा डेंगु देखिएको हो । शनिबारमात्रै १७० जनामा गरिएको परीक्षणका क्रममा डेंगु संक्रमितको संख्या ५० प्रतिशत देखिएको मेहताले जानकारी दिए ।
शुक्रबार भने परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको थियो छ । यो ७८ प्रतिशत हो । परीक्षणका क्रममा देखिएको यो नतिजाले डेंगु संक्रमण तीब्र भइरहेको देखाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगी तीब्र गतिमा फैलिन थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुको छुट्टै उपचारको व्यवस्था गरिएको छ । जहाँ दिनदिनै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो एक प्रकारको ज्वारो हो । डेंगु एडिस एजेप्टाई नामक लामखुट्टेले टोकेर हुने तिब्र भाइरल संक्रमण हो । कोशी प्रदेशमा डेगुको संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले सम्बन्धित सरोकारवाला र आफ्ना मातहतका केन्द्रहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिदै आएको छ ।
डेंगु ज्वरोको औषधि नभएकाले उक्त प्रजातीको लामखुट्टेबाट बच्नु नै यसको मूख्य बतावटको उपाय हो । ज्वरो आएमा हेलचेक्राइ नगरी स्वास्थ्य समस्यामा पुगि हाल्न चिकित्सकहरूले सझाव दिएका छन् ।
एडिस एजेप्टाई लामखुट्टेले दिउसोे टोक्ने भएकाले हिड्दा पुरा कपडा लगाउने, घर भित्र वा बाहिर पानी जम्न नदिने, घरमा प्रयोगदहुने भाँडाकुडा, गमला आदिमा लामो समयसम्म पानी खुल्ला नराख्ने सधैं फ्रिजको पछाडी भएको अलिकति खाली भागमा पानी जम्न नदिने । सुत्ने बेलामा झुलको प्रयोग गर्ने । यसरी लामखुट्टेबाट हरेक समय टाढै रहेमा डेंगुरोगबाट बच्न सकिन्छ ।