बिराटनगर, नाथ्रि फुट्नु एउटा आकस्मिक अवस्था हो जसले बिरामी तथा आफन्तहरुलाई ज्यादै त्रसित गराउँछ । यस्तो अवस्थामा तत्काल नाकबाट भएको रक्तश्राव रोक्न के गर्ने भन्ने बिषयमा जान्नु निकै जरुरी हुन्छ । नाथ्री फुटेमा बुढी औला र चोर औलाले कम्तीमा १० मिनेट टाउको अगाडि झुकाईकन नाक थिच्ने गर्नुपर्छ ।
टाउकोमा र नाक माथि बरफ भएमा बरफ नत्र भने चिसो पानीमा कपडालाई भिजाइकन राखी दिनुपर्छ । यसो गर्दा पनि रक्तश्राव नरोकिएमा धर्यताका साथ तुरुन्त नजिकको स्वास्थ्य चौकि वा अस्पतालमा बिरामीलाई लैजानु अत्यन्तै आवश्यक हुन्छ । यदि बिरामी बेहोस भएमा कोल्टो पारेर टाउको तल पारी नाक थिचिदिनु आवश्यक हुन्छ ।
बचाउका उपायहरु -
– नाक कोटयाउने बानी नगर्ने ।
– नाक सफा गर्दा वा रुघा लागेमा जोडले सीं सीं नगर्ने ।
– नानीहरुलाई नाकमा जे पायो त्यही चिज पसाउनबाट बञ्चित गर्ने अथवा त्यसो नगर्न सिकाउने ।
– हाम्रा गाउँघरका नानीहरु नाक भित्र जुका लिएर धेरै आउँछन् । यसबाट बच्नको लागि प्राकृतिक धाराबाट सोझै पानी पिउने बानी नगर्ने साथै खोलामा पानी पिउँदा हेरेर मात्र पिउने ।
– यस बाहेक माथि उल्लेखित रोगहरुका निदानको लागि समयमा नै सम्बन्धित चिकित्सकको सर सल्लाह लिने ।
कोशी अस्पतालका नाक कान घाँटीरोग बिशेषज्ञ डा. रौनक दाहालसगं गरिएको कुराकानीमा आधारित








