बर्षा यामको सुरुवात संगै यसबर्ष पनि डेंगीको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तिब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुशार कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र संखुवासभामा डेंगी संक्रमण बढी देखिएको छ । सुनसरीको धरान १७ मा ३० वर्षीया एक महिलाको डेंगी संक्रमणबाट मृत्यु भइसकेको छ ।
गत वर्ष कोशी प्रदेशमा दुई हजार भन्दा बढि मानिसहरु डेंगीबाट संक्रमित भएका थिए । यसैबीच डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय मोरड सुनसरी लगायतले खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिसकेको छ ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउसो टोक्ने गर्दछ । डेंगी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सुझाएका छन् ।
डेंगी ज्वरोबाट बच्ने जान्नैपर्ने १० उपाय
डेंगी ज्वरोबाट बच्न सर्वप्रथम लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो । एकपटक संक्रमित भइसकेको मानिसमा पूनः डेंगी फिवर हुने सम्भावना हुन्छ । पुन डेंगी दोहोरीएर आउ“दा सर्वप्रथम पहिलो पटक डेंगी संक्रमित मान्छे नै उच्च जोखिममा पर्ने भएकाले यसबाट बच्न निम्न उपाय अपनाउनु जरुरी हुन्छ । डेंगी ज्वरोबाट बच्ने १० उपायहरू यसप्रकार छन् :
– घरवरिपरि सफा सुग्घर राख्ने, पानी छिर्ने जम्ने खाल्डाखुल्डी पुर्ने ।
– पानीको ट्याड्ढीलाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने ।
– पानीजम्ने भा“डा, गमला, पूmलदानी र मट्टितेलका खाली ड्रम, गाडीका टायरहरूमा पानी जम्न नदिने ।
– यो लामखुट्टेले दिउ“सो टोक्ने भएकाले पूरा बाहुला भएको कपडा लगाउने
– झ्याल–ढोकामा जाली लगाउने ।
–लमखुट्टेको टोकाइबाट बच्नलामखुट्टे भाग्ने मलहरू लगाउने साथै किटनासक विषादीयूक्तझोलको प्रयोग गर्ने ।
– पानी सञ्चितगर्न प्रयोग गरिने भा“डाहरूलामखुट्टेले पूmलनपार्ने गरी छोपेर वा ढाकेर राख्ने ।
– घर नालीबग्ने अवस्थामै छ, छैन हेरविचार गर्ने ।
– मध्याहृनपछि घरको झ्यालढोकाबन्दगर्ने ।
– छिमेकीलाई पनिलामखुट्टे पैmलिननदिनअपनाउने उपायकाविषयमाजानकारी दिई प्रोत्साहनगर्ने ।
– लमखुट्टेको टोकाईबाट बच्न लमखुट्टे भगाउने खलहम दल्न पनि सकिन्छ ।








