जेष्ठ १६,२०८३ / १२ : २२ अपरान्ह / 2026-05-30 12:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तपाइकै भान्सामै छ यस्ता मसला जसले तपाइको सौन्दर्य बढाउछ

      - २ वर्ष अगाडि
      असार १०,२०८०

      हामी  दैनिक त्यस्ता धेरै प्रकारका मसलाहरु प्रयोग गरिरहेका हुन्छौ । प्रयोग त गर्छौ तर धेरैलाई त्यसको फाइदाको बिषयमा जानकारी हुद्रैन । जसले सौन्दर्यता कायम राख्न निकै महत्व पूर्ण भूमिका निर्वाह गर्दछ । सौन्दर्य बढाउन भनेर हामी मासिक हजारौ रुपया खर्च गर्न तयार हुन्छौ तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन ।
      केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।
      तपाई हाम्रै भान्सामै भएका केही त्यस्ता मसलाहरुको बारेमा यहाँ जानकारी दिएको छ । जसले सौन्दर्यको विकास गनृ महत्वपूर्ण भूमिका खेल्दछ जसको विषयमा धेरैलाई जानकारी नै छैन ।

      सुकमेल : 

      सुख्खा छाला भएका मानिसहरुको छालालालई मुलायम बनाइराख्न सुकमेलले निकै ठूलो सहयोग पुग्छ । पाँच वटा सुकमेललाई धुलो बनाएर जैतुनको तेल अथवा वेवी आयलमा मिसाएर राम्रोसँग फिट्नु पर्छ । त्यसलाई एउटा सफा सिसीमा भण्डार गरेर राखी समयसमयमा मालिस गर्नाले छाला ताजा चम्किलो र मगमग वास्ना आउने हुन्छ ।

       दालचिनी :
      दालचिनीको  प्रयोग गरेमा छालाले पानी सोसेर राख्ने प्रक्रियालाई घटाउँछ । यसका साथै दालचिनीले कन्डसनरको पनि काम गर्दछ । त्यति मात्र होइन । दालचिनी लेप हातखुट्टा तथा शरिरको अन्य भागमा नियमित लगाउनाले छाला देखा परेको चाउ रीपनको समस्यालाई कम गरी छालालाई सुन्दर चमकता ल्याउन मदत पु¥याउँदछ ।

       वेसार :
      वेसार सौन्दर्य बृद्धि गराउने एक महत्वपूर्ण औषधि हो । निमको पातमा १÷२ चम्चा शुद्ध वेसार मिसाई राम्ररी फिटेर लेप बनाएर लगाउँदा छालामा चमकता बन्दै जान्छ । त्यतिमात्र होइन यसरी बनाएको लेप नियमित रुपमा लगाउँदा खुट्टा गन्हाउने समस्याबाट पनि मुक्र रहन सकिन्छ । खुट्टाको औला औला विचको चेपचेपमा लगाउने र सुकेपछि सफा पानीले पखाल्ने गर्नाले खुट्टा गन्हाउने र जुत्ताले बनाएको घाउको औषधिक रुपमा प्रयोग गरिन्छ ।

       केशर :
      केशरले सौन्दर्यमा ठूलो भूमिका खेलेको हुन्छ । केशरले छाला रंग सुधार्न मदत पु¥याउँछ । आधा कम जैतुनको तेलमा अलिकति देशी वदामको तेल र अलिकति केशर मिसाएर  तावामा राखी तातिरहेको पानीको भाडामा नडुब्ने गरी राख्ने । विस्तारै केशर पग्लदै गएपछि त्यसलाई बट्टामा खनाएर राख्ने र प्रत्येक हाप्ता नुवाएपछि जिउ भरी तेल लगाएर मालिस गर्नाले छालाको रंगमा सुधार आउनुको साथै छाला स्वच्छ र ताजा हुन्छ ।

       लसुन :
      लसुनले भित्री स्वास्थ्यमा मात्र नभएर बाहिरी सुन्दरर्तामा पनि निकै सहयोग पु¥याउने गर्दछ । हरेकको भान्सामा पाइने लसुनले छालामा देखापरेको घब्बाहरुलाई हटाउने काम गर्दछ । नियमित लसुनको सेवनले रगत सफा बनाउँछ र एन्टोसेष्टिकको काम पनि गर्छ । जसले गर्दा छालाको सुन्दरर्ता बढेर जान्छ ।

       तेजपत्ता :

      यदि डण्डीफोरबाट पिडीत हुनुहुन्छ भने १ सय ग्राम तेजपत्तालाई एक गिलास पानीमा ७ मिनेट सम्म उमाल्ने, छानेर पानी चिसो गरेर एयरटाइट भाडामा राख्ने, दिनमा जति पटक सम्भव हुन्छ कटनबलको सहायताले यो मिश्रणलाइ अनुहारमा लगाउनाले डण्डीफोर हराएर जान्छ । तेजपत्ता छालाको एलर्जीमा फाइदाजनक हुन्छ ।

       ज्वानो :

      ज्वनो पिसेर गुलाव जल र काँक्राको रस मिलाएर लगाउनाले तिलकोठी हराएर जान्छ । ज्वानोको पातको जुस पिउनाले छाला हाइडे«ट र ग्लो हुन्छ । यसको पातको जुस पिउनाले कपाल स्वस्थ र सुन्दर हुन्छ ।  धनिया
      धनियाको गेडा रातभरी पानीमा भिजाएर राख्ने, बिहान त्यो पानी आइड्रपको रुपमा प्रयोग गर्नुपर्छ । यसले आँखा सफा गर्नुका साथै शितलता प्रदान गर्दछ । यसको कुलिंग इफेक्ट गर्नुका साथै आँखालाई ब्राइट, शाइनी र सफा राख्दछ ।

      कागती :
      वेसन र दहीमा कागतीको रस निचोरेर पटकपटक अनुहारमा लेप लगाउने र केहीबेरपछि धुने गर्नाले छाला नरम, स्वस्थ र सुन्दर देखिन्छ ।

      स्रोत : इन्टरनेट

        सम्बन्धित समाचारहरु