भाद्र २३,२०८१ / ०९ : ३६ पूर्वान्ह / 2024-09-08 09:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      गर्मी मौषममा देखिने घमौराको समस्याबाट यसरी जोगिनुहोस

      - १ वर्ष अगाडि
      जेष्ठ २१,२०८०

      बिराटनगर,केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा देखिएको छ । त्यसमाथि पनि देशका तराई भेगमा गर्मी मौषमको प्रभाव निकै देखिन थालेको छ । पछिल्ला केहि दिनदेखि देखिएको अत्याधिक गर्मीका कारण अधिकाशं क्षेत्रहरुका शैक्षिक सस्थाहरु त बन्द नै गरिएका छन् । बच्चा देखि बृद्ध हरेक उमेर समुहका मानिसहरुमा अहिले गर्मीका कारण बिभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन थालेका छन् ।

       यो मौषमका बिभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने गर्दछ । गर्मीकै कारणले मानिसहरुमा देखिने प्रमुख समस्या भनेको घमौरा पनि एक हो ।  गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरू विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरू देखा पर्छन्, जसलाई घमौरा भनिन्छ ।घमौरा आउदा शरिरका विभिन्न भागमा सानो सानो रातो रातो डाबर आउने, सानो सानो पानीफोका वा पिप फोका जस्तो आउने हुन्छ । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ । त्यसैगरी गर्मीमा ब्याक्टेरियाबाट हुने छाला सम्बन्धि संक्रमण  बढी देखिन्छ । 

      /pagegallery/2023060439.jpg

      फोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन् । गर्मीमा सबैभन्दा बढि सताउने भनेको बच्चालाई हो । उनिहरु आफैले पनि आफ्नो हेरचाह गर्न नसक्ने मात्र होइन आफ्ना समस्याहरु पनि खुलेर भन्न नसक्ने भएकाले अभिभावक आफैले गर्मीमा उनिहरुको खानपान तथा रहनरहन, पहिरन मा बिशेष ध्यान पुर्याउनु जरुरी हुन्छ  । 

      गर्मीमा बच्चालाई सुती कपडा लगाइदिनु निकै उपयोगी हुन्छ । अन्य कपडाले ताप ग्रहण गर्ने र पोल्ने भएकोले सुतीको लुगाले उनीहरुलाई शीतल र सहज हुन्छ । उनीहरुलाई उकुसमुकुस हुने गरी धेरै कसिलो पहिरन पनि लगाइदिनु हुादैन ।यद्यपि घर बाहिर कतै निस्किँदा भने शरीर पूरै ढाक्ने लुगा लगाइदिनुपर्छ । गर्मीमा बच्चाहरुलाई हल्का रङको कपडा लगाइदिनुपर्छ । शरीरको पूरै भाग ढाक्ने गरी पातलो कपडा लगाउँदा बच्चाको सुरक्षा हुन्छ । धेरै गर्मीको कारण बच्चाको शरीरमा घमौरा तथा अन्य छालासम्बन्धी  रोगले सताएको बेलामा डाक्टरको सल्लाह बमोजिम पाउडर तथा छाला सम्बन्धी औषधी घरमा ल्याई राख्नुपर्छ । यसो गर्दा शरीरको घमौरा धेरै मात्रामा कम हुन्छ ।

      जोगिने उपाय
      सबैभन्दा पहिले त गर्मी भएको ठाउमा धेरै बस्नु भएन । चिसो ठाँउमा बस्नुपर्छ । राती सुत्दा पनि हावा प्रवेश हुने ठाउमा सुत्ने गर्नुपर्छ । धेरै कसिला लुगाहरु लगाउनु हुदैन । गर्मी मौषममा सकेसम्म सुतीका हल्का कपडाहरु लगाउदा राम्रो हुन्छ ।
      कसैकसैलाई ज्वरो आएर जिउ तात्तिएर पनि घमौरा आएको हुनसक्छ यस्तो अवस्थामा भने औषधि खानु जरुरी हुन्छ । घमौरा आइसकेको छ भने चिसो पानीले कपडा भिजाएर पुछ्ने या चिसो पानीले नुहाउने गर्नुपर्छ । नुहाउदा धेरै कडा साबुनहरु प्रयोग गर्नु हुदैन । माइल खालको साबुनहरु प्रयोग गर्नुपर्छ । नुहाउदा धेरै स्क्रव गर्नु हुदैन । धेरै स्क्रव गर्दा छाला रघेटिएर झन रातो हुने सम्भावना हुन्छ ।  

      गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । खाशगरी चर्को घाममा ननिस्किने र हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्लो कपडा प्रयोग नगर्ने गर्नुपर्छ ।

      घमौरा आएको समयमा नुहाउदा साबुनसगै स्क्रब पनि प्रयोग गर्नु राम्रो मानिन्छ । तर स्क्रव गर्दा जोडले माड्न हुदैन । यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ । घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ । धेरै हेरचाह गर्दा पनि घमौराले सताइरहन्छ, धेरै नै चिलाउने, रातो हुने समस्या देखिएको छ भने छाला रोग बिशेषज्ञकहाँ गई परामर्श लिनु अत्यन्तै जरुरी हुन्छ ।


      कोशी अस्पताल बिराटनगरकी छाला, यौन तथा सौन्दर्य रोग बिशेषज्ञ डा. विविशा बानियाँसगं चिनारी पोष्टले गरेको कुराकानीमा आधारित ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d