जेष्ठ २२,२०८० / ०५ : ४१ पूर्वान्ह / 2023-06-05 05:41 am

        महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        बिराटनगर,
        जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्गले महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि आर्युवेद सेवा सम्बन्धि अभिमुखिकरण तालिम दिएको छ । 

        आयुर्वेदिक चिकित्सा पद्धतिको बारेमा जानकारी दिने उदेश्यले आयोजित अभिमुखिकरण तालिममा बिराटनगर महानगरपालिका,  कटहरी, ग्रामथान लगायत आसपासका ४५ भन्दा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो ।

        आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पु¥याउने पहिलो प्रतिनिधि नै स्वास्थ्य स्वयम् सेविकाभएको भन्दै उनिहरुलाई आयुर्वेद उपचारसेवाको बारेमा जानकारी दिनु आवश्यक देखिएकाले यो अभिमुखिकरण तालिमको आयोजना गरिएको केन्द्रकाप्रमुख डा. केनिन राईले बताए । 
        “गाँउशहरका कुना–कुनाकानागरिकको घरघर पुगेर स्वास्थ्यको जानकारी दिने पहिलो प्रतिनिधिभनेको स्थानिय स्वास्थ्य स्वयम्सेविकाहरु हुन, डा. राइले भने ‘त्यसैले नागरिक माझआयुर्वेदको सेवाको बारेमाजानकारी दिनपहिले उहाँहरु नै जानकार हुनु आवश्यकदेखिएकाले उहाहरुलाई यो तालिमदिइएको हो ।’
        अभिमुखिकरण तालिममा केन्द्रका प्रमुख तथा आयुर्वेद चिकित्सक डा. केनिन राइले आय्ुर्वेद चिकित्सा पद्धतिको बारेमा तथा अर्का  आयुर्वेदिक चिकित्सक डा. मिसान्त ढकालले नसर्ने रोग तथा जीवनशैली परिवर्तन तथा पञ्चकर्म उयपचार सेवा सम्बन्धि जानकरीमुलक कार्यपत्र प्रस्तुत गरेका थिए । 

        /pagegallery/2023052498.jpg
        पछिल्लो समयमा मोरङ् जिल्लामा जनताप्रति आयुर्वेद उपचार पद्धतिप्रति रुचि बढे पनि यसबिषयमा पर्याप्त जानकारीको अभावमा उपचारको पहुचबाट टाढै रहदै आएका केन्द्रले जनाएको छ । 
        आयुर्वेदिक उपचार केन्द्रमा पहिले दैनिक ३० देखि ४० जना बिरामी सेवालिनओपिडी आउने गरेकोमा अहिले दैनिक सय भन्दा बढि बिरामीहरु सेवालिनआउने गरेका छन् । 


          सम्बन्धित समाचारहरु