असोज २८,२०८१ / ०९ : ०५ पूर्वान्ह / 2024-10-14 09:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालमा ३ लाख बालबालिकामा अटिजम (भिडियोसहित)

      - १ वर्ष अगाडि
      चैत १९,२०७९

      विराटनगर, बिगतका बर्षहरुका झै यसबर्ष पनि आज बिभिन्न कार्यक्रम गरि बिश्व अटिजम सचेतता दिवस मनाइएको छ । 

      अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसङको आव्हानमा “बिश्व अटिजम सचेतना दिवस” बिश्वभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यसैबिच अटिजम केयर सोसाइटी र राउण्ड टेवलको सहकार्यमा शनिबार साँझ अटिजमको बिषयमा जनचेतना जगाउने उदेश्यले बिराटनगरस्थित सेन्ट्रल मलको प्राङगणमा सचेतनामुलक कार्यक्रम आयोजना गरीएको थियो ।

      कार्यक्रममा अटिजम केयर सोसाइटि बिराटनगरका अध्यक्ष निधिरत्न बास्तोलाले अटिजम भएका ब्याक्तिहरुको अधिकार र पहिचान सुरक्षित गर्दै यस बिषयमा चेतना अभिबृद्धि गर्नको लागि यस कार्यक्रमको आयोजना गरेको बताएका छन् । 

      अटिजम भएका बालबालिकाको उपचार गर्दै आएका नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. सुमित घिमिरेले अटिजम एउटा जन्मजात हुने विशेष खालको बिकासको समस्या भएको बताएका छन्  । बच्चा जब आमाको गर्भमा विकास हुने क्रममा परिवर्तन हुन्छ । यसले बालबालिकाको बृद्धि बिकाससगै बढ्दै जाने सिप, सामाजिक कठिनाई, सञ्चार गर्ने क्षमता कमी हुने बताए । 

      यस्तै बिराटनगरस्थित सेन्ट्रल मलको प्राडगणमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै राउण्ड टेवलका प्रतिनिधीले अटिजम अहिलेको समयमा बढ्दो समस्याको रुपमा देखिएकाले यो समस्या न्युनिकरणका साथ सावधानका लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने उदेश्यले राउण्ड टेवलले अटिजम केयर सोसाइटिसग सहकार्य गर्दै अगाडी बढिरहेको बताए ।

      विश्वमा ६८ जना बालबालिकाहरु मध्ये एक जनामा अटिजम हुने सेन्टर फर डिजिज कन्ट्रोल अमेरिकाको तथ्याङ्गमा उल्लेख छ । विश्वभरको दर एकै नासको हुनसक्ने अनुमान समेत गरिएको छ । यसैलाई आधार मान्ने हो भने नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान रहेको छ । तीब्र गतिमा बढ्दै गएको अटिजमको अवस्थालाई संयुक्त राष्ट्रसंघले चासो देखाउँदै सन् २००८ देखि हरेक अप्रिल २ लाई विश्व अटिजम जनचेतना दिवसको रुपमा घोषण गरेको थियो । सोही अनुशार हरेक बर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिइएको हो । 

        सम्बन्धित समाचारहरु