बिराटनगर, पछिल्लो समय चीन र भारतमा तीव्र गतिमा बढिरहेको कोरोनाको कारण जनमानसलाई सचेत गराउने अभियान अन्तर्गत विराटनगरमा आज तपाईको मास्क खोई भन्ने अभियान सम्पन्न भएको छ ।
आज जिल्ला ट्राफिक प्रहरी मोरङ को विशेष अग्रसरतामा तपाईको मास्क खोइरु भन्ने अभियान अन्र्तगत १००० थान मास्क वितरण गरिएको थियो। जिल्ला ट्राफिक प्रमुख राजकुमार कार्कीले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट अहिलेसम्म नेपालमा पुष्टि भइसकेको नभए पनि चाँडै नै अरुमा सार्ने खालको रहेको हुँदा सबैलाई मास्क प्रयोग गर्न आग्रह गरेका छन् । साथै यो कार्य मोरङ जिल्ला भरिनै निरन्तर गरिरहने जिल्ला ट्राफिक प्रमुख कार्कीले जानकारी गराएका छन् ।
आजको अभियान मार्फत वितरण गरीएको १००० थान मास्क औषधि ब्यवसायी एन सी डी सी मोरङ का अध्यक्ष लक्ष्मी तिम्सिनाले आफ्नै उपस्थितीमा उपलब्ध गराएका हुन् ।
बिराटनगरको कन्चनबारी चोकमा भएको भेलामा सहकार्य गर्न बिराटनगर माहानगरपालिका, , लायन्स क्लबका प्रतिनिधि बिकास अधिकारी, पुर्वान्चल ट्रिपर ब्यवसासिका माहासचिब सन्दीप सिंह, सामाजिक अभियान्ता एवं युवा ब्यवसायी सरोज पौडेल र राहुल भट्टराई को उपस्थिति रहेको थियो ।
यता पछिल्लो समय चीन र भारतमा तीव्र गतिमा बढिरहेको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बीएफ ७’ अहिलेसम्म नेपालमा पुष्टि भइसकेको छैन । जुन गतिमा छिमेकी देशमा संक्रमण फैलिरहेको छ, त्यस हिसाबले नेपालमा नआउला र यहाँ नबढ्ला भन्न सक्ने स्थिति भने छैन ।
छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा यसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताएका छन् भने सबैलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।