माघ १९,२०७९ / ०८ : ५८ अपरान्ह / 2023-02-02 08:58 pm

        २४ घण्टामा २ जना डेंगु सङ्क्रमितको मृत्यु, सङ्क्रमितको सङ्ख्या ५३ हजार ९५१ पुग्यो,

        - २ महिना अगाडि
        मंसिर १५,२०७९

        काठमाडौं,  पछिल्लो २४ घण्टामा २ जना डेंगु सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

        मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ ।

        मन्त्रालयका अनुसार १० दिनमा १३ सय ९५ डेंगु सङ्क्रमित थपिएसँगै अहिलेसम्म ७७ जिल्लाबाट ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमण पुष्टि भएको छ  ।

        डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ ।

        नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ। यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो। सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो।

        चिकित्सकका  अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।

        एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ। मन्त्रालयले लामखुट्टेले फुल पार्ने ठाउँ खोजेर नष्ट गर्न अनुरोध गरेको छ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको