जेष्ठ ३१,२०८१ / ०६ : ३८ पूर्वान्ह / 2024-06-13 06:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      निमोनिया विरुद्धको दिवसलाई विविध कार्यक्रम गरी मनाइँदै

      - १ वर्ष अगाडि
      कार्तिक २६,२०७९

      काठमाडौं, निमोनिया विरुद्धको दिवसलाई नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइएको छ ।

      हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनिया विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डेंगु लगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ । निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ ।

      पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई निमोनियाले धेरै जसो सताउने गरेको छ । निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आग्रह गरेको छ । यसको न्यूनिकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउनुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

      निमोनियाको बारेमा जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो ।

        सम्बन्धित समाचारहरु