नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै उकालो लागेको छ ।
पछील्लो तथ्यांकअनुसार ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।
जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।