माघ १९,२०७९ / ०९ : ०३ अपरान्ह / 2023-02-02 09:03 pm

        थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

        - २ हप्ता अगाडि
        भाद्र २९,२०७९

        बुधवार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

        स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ ।

        योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ । 

        पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ११९ जना होम आइसोलेसनमा रहेका छन् भने ७२ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको