जेष्ठ ४,२०७९ / १० : १३ अपरान्ह / 2022-05-18 10:13 pm

        २४ घण्टामा करिब ५ हजार कोरोना संक्रमित थपिए, यस्तो छ संक्रमितको अवस्था !

        - २ हप्ता अगाडि
        माघ १५,२०७८

        काठमाडौं । चौबीस घण्टामा नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

        देशभरका अस्पतालहरुबाट १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ र ४ हजार ४६१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ५८६ जना गरि कुल ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

        नेपालमा हाल ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेका छन् ।

        त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ५ हजार ९२४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९ दशमलव ५ प्रतिशत पुगेको छ ।

        त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७०३ पुगेको छ ।

        गत चौबीस घण्टामा थप २ लाख ७२ हजार ७४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

          सम्बन्धित समाचारहरु