जेष्ठ ४,२०७९ / ०९ : ४२ अपरान्ह / 2022-05-18 09:42 pm

        पछिल्लो २४ घण्टामा करिब साढे ५ हजार जना कोरोना संक्रमणमुक्त

        - २ हप्ता अगाडि
        माघ १४,२०७८

        काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल निको हुने संक्रमितको दर ८९ दशमलव २ रहेको छ ।

        यसैगरि, यसै अवधिमा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

        मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा ४८०७ र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०२० जनामा कोरोना पुष्टि भएको हो ।

        यस्तै २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ । 

          सम्बन्धित समाचारहरु