असार १४,२०७९ / ०९ : ०४ अपरान्ह / 2022-06-28 09:04 pm

        कोरोना : २४ घण्टामा ५ जनाको मृत्यु, यस्तो छ संक्रमितको अवस्था !

        - ५ महिना अगाडि
        माघ १२,२०७८

        काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४  घण्टामा ५ जनाको मृत्यु भएको छ । 

        योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६७२ पुगेको छ ।

        यस्तै, सोही अवधिमा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   देशभरका अस्पतालहरुबाट १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ र ६ हजार ८१० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार ८८३ जना गरि कुल ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

        हाल नेपालमा सक्रिय संक्रमित संख्या ९० हजार ६७ रहेको छ । 

        यसैगरि,  कोरोनाको संक्रमण दर १८ दशमलव १ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनसंख्यामा ३८४ दशमलव २ प्रतिशत रहेको छ ।

        त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ४ हजार ४३३ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।

          सम्बन्धित समाचारहरु