काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले स्थगित खोप अभियान भोलि (मंगलबार) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले खोप अभियान पुनः सञ्चालनबारे जानकारी दिएको हो ।
काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले जनाएको छ ।
आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको थियो ।