असार १४,२०७९ / ०८ : ३६ अपरान्ह / 2022-06-28 08:36 pm

        खोटाङमा १ सय १३ जनामा कोरोना संक्रमण

        - ५ महिना अगाडि
        माघ १०,२०७८

        काठमाडौं । खोटाङ जिल्लामा कोभिड–१९ संक्रमितकोे संख्या १ सय १३ पुगेको छ ।

         हिजो (आइतबार)सम्म ९४ संक्रमित रहेको जिल्लामा आज (सोमबार) १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ सय १३ पुगेको हो । 

        स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेका अनुसार सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोभिड पोजिटिभ देखिएको हो । 

        कोभिड–१९ को तेश्रो लहरमा संक्रमित भएकामध्ये हालसम्म चार जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र सक्रिय संक्रमित ७२ छन् । 

        रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पूष्टि भएको हो । जिल्लाका सक्रिय संक्रमितहरू होमआइसोलेसनमा बसिरहेका छन्।

        स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

        त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । 

        महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमित तीन हजार एक सय ७५ पुग्दा तीन हजार ४४ निको भएको कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

          सम्बन्धित समाचारहरु