असार १४,२०७९ / ०९ : ५६ अपरान्ह / 2022-06-28 09:56 pm

        ‘ओमिक्रोनसँगै महामारी अन्त्य हुन्छ’

        - ५ महिना अगाडि
        माघ १०,२०७८

        काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै महामारी अन्त्य हुने बताएको छ । 

        कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनले गरेको हो ।

        मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने डब्ल्यूएचओका महानिर्देशक हान्स क्लुगले बताए । उनले भने, ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ ।’ सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ ।

        खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । उनले भने, ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ ।’

        अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास व्यक्त गरे । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ । भारतमा पनि कोभिड संक्रमण घट्दो रहेको समाचार बाहिरिएका छन् ।

          सम्बन्धित समाचारहरु