असोज ६,२०७७ / ०७ : १६ पूर्वान्ह / 2020-09-22 07:16 am
      • Salt Trading

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ९२ लाख नाघ्यो, मृत्यु ७ लाख १६ हजार बढि

      - एक हप्ता अगाडि
      श्रावण २३,२०७७

      काठमाडौं, विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो । यस्तै विश्वभर शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

      विश्वभर एकै दिन एकै दिन २ लाख ७२ हजार २५२ जना संक्रमित भएका छन् भने यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

      कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । शुक्रबार बिहानसम्म १ करोड २३ लाख ४६ हजार ८९ जना निको भएका छन् ।

      यसै गरी नेपालमा शुक्रबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २१ हजार  ७ सय ५० पुगेको छ भने मृत्यु हुनेको संख्या ६७ पुगेको छ हालसम्म १५ हजार ३ सय ८९ जना निको भएर घर पर्किएका छन्  ।

      यस्तै युरोपियन मुलुकहरूमा २ लाख ५ हजार २३२ जनाको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ । २९ लाख ८२ हजार ५७६ जना संक्रमित भएकोमा १७ लाख ९३ हजार १५१ जना संक्रमणमुक्त भएका छन् ।

      २ लाख २९ हजार १६ जनाको उत्तर अमेरिकी मुलुकहरूमा मृत्यु भएको छ । संक्रमितको संख्या ५९ लाख १२ हजार ३४१ पुगेको छ । त्यसमध्ये ३१ लाख ४७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

      यस्तै एसियाली मुलुकहरूमा ४७ लाख ७४ हजार ३०२ जना संक्रमित भएकोमा ३५ लाख ८७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । १ लाख ५ हजार २६० जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५४ हजार ६०९ जनाको मृत्यु भएको छ । ४५ लाख ३४ हजार २०६ जना संक्रमित भएकोमा ३१ लाख ११ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

      यस्तै कोरोना बाट २२ हजार ११४ जनाको अफ्रिकी मुलुकहरूमा ज्यान गएको छ भने १० लाख ११ हजार ८६७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ९३ हजार ६२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २८१ जनाको मृत्यु भएको छ । २१ हजार ७३५ जना संक्रमित भएकोमा १२ हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

        सम्बन्धित समाचारहरु