असार ११,२०७८ / ०२ : ४६ अपरान्ह / 2021-06-25 02:46 pm
      • Salt Trading

      विश्व कोरोना अपडेट : १ करोड ५३ लाख ६३ हजार नाघ्यो, मृत्यु ६ लाख २९ हजार बढि

      - ११ महिना अगाडि
      श्रावण ८,२०७७

      काठमाडौं, विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ । यस्तै विश्वभर बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ ।

      विश्वभर एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएको छ भने वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । बिहीबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ ।

      यसै गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ९४ जना हालसम्म पुगेको छ भने मृत्यु हुनेको संख्या ४२ पुगेको छ हालसम्म १२ हजार ६ सय ८४ जना निको भएर घर पर्किएका छन्  ।

      यस्तैगरी पछिल्लो पटक भारतमा ११ सय २० जनाको मृत्यु भएको छ ।  अमेरिकामा १२ सय ७ तथा ब्रजिलमा १२ सय ९३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ९ सय १५ जनाको मृत्यु हुँदा दक्षिण अफ्रिकामा ५७२ जनाको मृत्यु भएको छ ।  विभिन्न देशमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार १०७ जनाको मृत्यु भएको छ । एकै दिन विश्वभर २ लाख ७८ हजार संक्रमित थप भएका छन् । अमेरिकामा सबैभन्दा धेरै ७१ हजार, ब्रजिलमा ६५ हजार तथा भारतमा ४५ हजार ५९९ जना संक्रमित थप भएका छन् । दक्षिण अफ्रिकामा १३ हजार, रसियामा ५ हजार ८ सय, मेक्सिकोमा झण्डै ७ हजार तथा कोलम्बियामा ७ हजार ३ सय संक्रमित थप भएका छन् ।

        सम्बन्धित समाचारहरु