काठमाडौं, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ८४ लाख १ सय २९ पुगेको छ । बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २६३ पुगेकोे छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख ४१ हजार २५७ नयाँ संक्रमित थपिएका छन् । संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको उपचार भइरहेको छ भने ४४ लाख ५ हजार १५२ जना उपचारपछि निको भएका छन् ।
नेपालमा बिहिबार बिहानसम्म संक्रमितको संख्या ७ हजार २ सय ९१ पुगेको छ यस्तै २२ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ । भने १ हजार १ सय ६७ जना निको भएर घर पर्किएका छन् ।
यस्तै युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म कोरोना भाइरसकै संक्रमणबाट १ लाख ८४ हजार ६५९ जनाको मृत्यु भएको छ । २२ लाख ५२ हजार ४११ जना संक्रमित भएकोमा १२ लाख ४ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा संक्रमितको संख्या २५ लाख ७२ हजार ३३४ पुगेको छ । त्यसमध्ये ११ लाख २९ हजार ८७१ जना संक्रमणमुक्त भएका छन् । १ लाख ४८ हजार ७७९ जनाको मृत्यु भएको छ ।
यस्तै ४४ हजार ५५८ जनाको एसियाली मुलुकहरुमा मृत्यु भएको छ । १७ लाख ३३ हजार १३९ जना संक्रमित भएकोमा १० लाख ८५ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।
६५ हजार ६८ जनाको दक्षिण अमेरिकी मुलुकहरुमा मृत्यु भएको छ । १५ लाख ५४ हजार १७९ जना संक्रमित भएकोमा ८ लाख ५१ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जनाको ज्यान गएको छ भने २ लाख ७० हजार ६६० संक्रमित छन् । संक्रमितमध्ये १ लाख २५ हजार ५८० जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ९८३ जना संक्रमित भएकोमा ८ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् । १२४ जनाको मृत्यु भएको छ ।








