फागुन १३,२०८२ / ०७ : १२ पूर्वान्ह / 2026-02-25 07:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      भरतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय बृद्धा र आईसीयूमा उपचाररत २७ वर्षीय पुरुषकोे मृत्यु

      - ५ वर्ष अगाडि
      जेष्ठ २४,२०७७

      बाजुरा, खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक ६५ वर्षीय बृद्धाकोे मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनकोे मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बूढाबाडाको क्वारेन्टाइनमा उहाँको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन्  ।    

          झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनीमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए  ।   

      यस्तै चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा २७ वर्षीय पुरुषकोे मृत्यु भएको छ ।  माडी नगरपालिकाका युवकको शनिबार बिहान मृत्यु भएको हो । 

      उनी भारतबाट दुई साता अघि आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले जनाएको छ  ।

        सम्बन्धित समाचारहरु