काठमाडौ,सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिइएको छ ।






गुठी विधेयक खारेजीको मागसहित माइतीघरमा विशाल प्रदर्शन [फोटोफिचर]
चिनारी पोस्ट - ६ वर्ष अगाडि
असार ४,२०७६








