काठमाडौं, चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र्याप गीत सार्वजनिक गरेका छन् ।
ओली शुक्रबार मध्यराति ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन् । त्यहाँ पुगेर उनले आफ्नो नाममा बनेको र्याप गीत ‘सहर सहरमा ओली’ सार्वजनिक पनि गरेका छन् ।

युवाहरूमाझ लोकप्रिय र्याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत जनाएका छन्। चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।
गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।












